आलियाको प्रेममा रणबीर झुकेपछि... | ईमाउण्टेन समाचार

Our Network

साउन १९ २०८३, बुधवार

आलियाको प्रेममा रणबीर झुकेपछि…

एजेन्सी, ८ वैशाख । बलिउड कलाकार द्धय आलिया भट्ट र रणवीर कपुरको विवाह १४ अप्रिलमा १ वर्ष पूरा भएको छ । उनीहरुको विवाहको वार्षिकोत्सवमा सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भएको छ ।

जसमा रणवीर हातमा औंठी लिएर घुँडा टेकेर आलियालाई प्रपोज गरिरहेका छन् । ‘मुझसे शादी करोगी’ वा ‘तुमसे शादी करना चाहता हूँ’ प्रस्ताव गर्ने यो रोमान्टिक शैली भारतमा बढ्दो लोकप्रिय हुँदै गएको छ।

बलिउड अभिनेता राजकुमार रावले आफ्नी श्रीमती पत्रलेखालाई प्रपोज गरेका छन् भने रणवीर सिंहले दीपिका पादुकोणलाई घुँडा टेकेर प्रपोज गरेका छन् । घुँडा टेकेर विवाहमा युवतीसँग हात माग्ने चलन युवायुवतीमा परेको छ ।

Leave a Reply

ताजा समाचार