काठमाडौं । सरकारले अर्थ मन्त्रालयमा तीनजना आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।
डा. विश्वनाथ पौडेल, डा. पोषराज पाण्डे र डा. गुणाकर भट्टलाई विज्ञका रुपमा नियुक्त गर्दै अर्थ मन्त्रालयले विज्ञ सल्लाहकार समूह बनाएको हो ।
पौडेल राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष हुन् भने पाण्डे पूर्व सदस्य हुन् । नेपाल राष्ट्र बैकका कार्यकारी निर्देशक भट्टलाई काजमा अर्थमन्त्रालय तान्न लागिएको हो ।