‘मधेस प्रदेशको सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ’ | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८१, आइतबार

‘मधेस प्रदेशको सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ’

काठमाडौं । मधेस प्रदेशका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री वसन्त कुशवाहले मधेस प्रदेश सरकार कुनैपनि बेला परिवर्तन हुनसक्ने बताउनुभएको छ ।

बिहीवार मन्त्रालयमा मधेस प्रदेश सरकारको कृषि मन्त्रालयले आगामी नीति तथा कार्यक्रम समावेश गर्ने योजनाको विषयमा जानकारी दिन गरेको पत्रकार सम्मेलनमा यस्तो बताउनुभएको हो । उहाँले गठबन्धनको सरकार भएको भन्दै कुनैपनि बेला परिवर्तन हुनसक्ने बताउनु भयो ।

मन्त्री कुशवाहले वैशाख १० गतेको निर्वाचन पछि सरकार परिवर्तन हुने देखिए पनि मन्त्रालयको गतिविधि कायम राख्ने बताउनु भयो । उहाँले सरकार परिवर्तन भए पनि बनाएका योजना कार्यान्वयन गर्नुपर्ने भन्दै मन्त्रालयले गर्न कामको बारेमा जानकारी दिन खोजेको बताउनु भयो। उहाँले मन्त्रालयको कृषि उपजहरुलाई बजारिकरण गर्न पालिका स्तरमा साना कृषि बजार स्थापना र निर्वाचन क्षेत्र अनुसार कोल्ड स्टोर बनाउने बताउनु भयो। उहाँले हरेक जिल्लामा भेटनरी एम्बुलेन्स सेवा उपलब्ध गराउने योजना रहेको बताउनु भयो।

उहाँले रसायनिक मलको आपूर्तिलाई व्यवस्थित गर्ने बताउनु भयो । उहाँले आगामी आर्थिक वर्षमा संघीय मन्त्रालयले करिव ५ लाख मेट्रिक टन रसायनिक मल खरिद गर्ने बजेट व्यवस्थापन गरेको भन्दै देशमा मधेस प्रदेशमा १ लखा ५० हजार मेट्रिक टन रसायनिक मल पाउने बताउनु भयो।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);