सन्दीप शर्मा रिजालः आइटी क्षेत्रमा साँढे दुई अर्बको घोटाला त्यो पनि सेक्युरिटी प्रिन्टिङ प्रेस र सम्बन्धित सामाग्री खरिदमा । यति ठूलो भ्रष्टाचारमा पल्केका विकल पौडेलमाथिको कारबाहीमा यति ढिलो हुनजाँदा राज्यले ठूलै नोक्शानी व्यहोरिसकेको थियो । पौडेल र उनको माफिया शैलीको गिरोहका काला कर्तुतहरुको उजागर पटक पटक भएपनि राजनीतिक संरक्षणमा जोगाइयो । तर, त्यो टिकेन । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २६ तथा, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ तथा दफा ३५ बमोजिम ९ जना साँढे दुई अर्ब घोटोला प्रकरणमा मुछिए विकल पौडेलसहिको समूह । उनीहरुले राज्यलाई यति ठूलो परिणाममा नोक्शानी पु¥याएको ठहर अख्तियारको छ ।
विकल पौडेलको सरकारको आइटी क्षेत्रमा प्रवेश नै शंकास्पद थियो । उनले देशको संवेदनशील सूचनाहरुमा खेलवाड गर्ने प्रकारले काम गरे । राजनीतिक नेतृत्वहरुलाई प्रभावमा पारी एकपछि अर्को कमिशनको खेल गर्दै महत्वपूर्ण निकायमा जिम्मेवारी लिए । यतिसम्मकी विकल देशको महत्वपूर्ण संस्थाहरुमा आफूनिकटस्थलाई नियुक्ति दिलाउन सफल भए । नेपाल टेलिकम, दूरसञ्चार प्राधिकरणमा पनि उनको हालीमुहाली हुने गरी जिम्मेवार व्यक्तिहरु नियुक्ति गराउने देखि सरुवा गराउने सम्ममा सफलता हासिल गरे । यसका लागि उनले कमिशनको ठूलै चलखेल गरे । विकल शक्ति र पैसाका लागि जे सुकै गर्न तयार हुन थाले । मातृभाषा नेपाली भाषामाथि नै आक्रमण गर्ने नियोजित योजनामा सहभागी भए । इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि हटाउने षड्यन्त्रका सूत्रधारहरुको सहयोगी बनेर कार्य गरे । उनी राजनीतिक नेतृत्व देखि जिम्मेवार निकायलाई प्रभावमा पारी उन्मुक्ति पाउँदै गए । तर, त्यो लामो समय टिकेन । अन्तमा विकल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परे ।
अख्तियारको फन्दामा पर्दा उनी सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशकका रुपमा कार्यरत थिए । विकलसहितको टोलीले देशलाई साँढे दुई अर्ब जति नोक्शानी पु¥याएको ठहर अख्तियारको छ । उनी एक्लै माथि ६९ करोडको बिगोदाबीसहित विशेष अदालतमा मुद्या दायर छ । थप ८ जनामाथि पनि बिगो दाबीसहित मुद्या दर्ता भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड इन्धन भण्डारण ट्याङ्कीमा पावर सिस्टमको खरिद गर्दा ठेकेदार संग मिलोमतो गरी करोडौं रकम अनियमितता गरेको आरोपपत्र दर्ता भएको छ विकलमाथि ।
अदालतमा दायर गरेको आरोप पत्रमा ठेक्का सम्झौता तथा भुक्तानी प्रकरणमा सहभागी उपर कारवाही हुन भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उक्त खरिद कार्यमा अस्वभाविक लागत अनुमान तयार गरी स्वीकृत गर्ने, खरिद सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गर्ने, सम्झौतामा उल्लेख भए भन्दा फरक निर्माणकर्ता देश अयगलतचथ या यचष्नष्ल भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गर्ने, खरिद सम्झौता बमोजिम कामै नगरी संरचना संचालनवापत र आपूर्ति पछिको सेवावापत अग्रीम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फ्युल ट्यांक सिस्टमको खरिद गर्ने कार्य गरी सरकारको सम्पत्ति गैरकानूनी तवरले हानी नोक्सानी तथा सरकारी रकम दुरुपयोग गरी सुरक्षण मुद्रणको लागि आवश्यक विद्युतीय पूर्वाधार खरिदमा भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले स्पष्ट पारेको छ ।
अख्तियारले प्रिन्टिङ प्रेस खरिद प्रकरणमा निकै गहिरो अनुसन्धान गरेर तथ्य बाहिर ल्याएको छ । योबाहेक पनि विकलका धेरै काला कर्तुतहरु छन् जुन हामी उजागर गर्दै जानेछौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको ७० करोड घूस प्रकरणको टेप त सार्वजनिक भइसकेको छ । यसले पनि यसमा ठूलै कमिशनको खेल लुकेको तथ्य मिल्छ । विकलले विभिन्न प्रविधि खरिद गर्दा योजनावद्ध तरिकाले अस्वाभाविक रुपमा मूल्य देखाए । मूल्य भन्दा निकै बढी उल्लेख गरियो । तर, त्यो लुक्न सकेन । यो घटनामा विकलसँग जोडिएर काम गरी करोडौंको अनियमितता गर्नेहरु अख्तियारको फन्दामा परिछाडे ।
को को परे अख्तियारको फन्दामा
१. विकल पौडेलः सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक । बीगो दाबी ६९ करोड ८ लाख ८१ हजार ८ सय ५४
२. सी.डी.ई. कुमार पोखरेल (मेकानिकल)ः तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि बनेका हाल वन तथा वातावरण मन्त्रालयमा कार्यरत । बीगो दाबी ४९ करोड ४६ लाख ३५ हजार ९ सय ४५
३. रमेश प्रसाद पोखरेलः तत्कालीन सुरक्षण मुद्रण केन्द्रमा प्रतिनिधि र हाल राष्ट्रिय सुचना प्रबिधि केन्द्र, सिंहदरबारमा रहेका सहायक निर्देशक । बीगो दाबी २० करोड ३८ लाख ९३ हजार ८ सय २७
४. मनिकमान महर्जन, तात्कालिन शाखा अधिकृत हाल समावेशी आयोगमा कार्यरत । बीगो दाबी ३ करोड ४४ लाख ६८ हजार ७ सय २९
५. राम बहादुर बुढा, तत्कालिन लेखा अधिकृत हाल सेवानिवृत्त भएका । बीगो दाबी १९ करोड ८८ लाख ९४ हजार २ सय ८९
६. शिरिष उपाध्याय, तत्कालिन शाखा अधिकृत हाल जिल्ला समन्वय समिति काठमाडौंमा । बीगो दाबी ४० करोड १ लाख ३९ हजार ७ सय ३६
७. रोहितमान प्रधान, इन्जिनियरिङ्ग मार्केटि कन्सर्न प्रालिका प्रबन्ध निर्देशक । बीगो दाबी २३ करोड ४४ लाख ९६ हजार ९ सय २१
८. भुवन महर्जन, निर्देशक मेपटेक विल्डिंग सर्भिसेस प्रा.लि । बीगो दाबी ४३ करोड ५७ लाख ४२ हजार ३ सय ६८
९. मित्रलाल गुरौंलाई, प्रबन्ध निर्देशक परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका । बीगो दाबी ८ लाख ६९ हजार ९७