विप्लव भन्छन्– राजतन्त्र हुँदा समेत देशले आर्थिक मन्दीको यो अवस्था भोग्नु परेको थिएन् | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

विप्लव भन्छन्– राजतन्त्र हुँदा समेत देशले आर्थिक मन्दीको यो अवस्था भोग्नु परेको थिएन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश सरकारबिहीन भएको टिप्पणी गर्नुभएको छ ।

राजनीतिक अस्थिरता, आथिर्क संकट र सञ्चारको दायित्व विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बुधवार महासचिव चन्दले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले मंसिरमा भएको चुनावदेखि आजसम्म पनि सरकारले पूर्णता नपाउनु भनेको सरकार नहुनु सरह रहेको जिकिर गर्नुभयो । उहाँले प्रधानमन्त्रीले नै १६ वटासम्म मन्त्रालय हेर्ने स्थिति आउनु लज्जाको विषय भएको बताउनु भयो ।

उहाँले अहिले पनि सरकारको आयु तोकेरै भन्ने गरिएको भन्दै नयाँ नेताहरु नयाँ दौरा सुरवाल सिलाउन लागेको बताउनु भयो । उहाँले अहिलेको परिवेशले नेपालमा राजनीतिक अस्थिरता अझै बढेर जानेकुरा चित्रित गरेको बताउनु भयो ।

उहाँले देशमा गणतन्त्र आएको १५ वर्ष झगडामा बिताएर अहिले जनता र अन्य कारण देखाएर पन्छिन नमिल्ने बताउनु भयो । महासचिव चन्दले देशमा संकट विद्यमान रहेकाले के हुन्छ भनिहाल्ने अवस्था नरहेको बताउनु भयो । उहाँले नेपालमा राजतन्त्र हुँदा समेत आर्थिक मन्दीको अहिलेको अवस्था भोग्नु नपरेको बताउनु भयो ।

महासचिव चन्दले नेपालको उत्पादनले तीन महिना पनि नधान्ने स्थिति रहेको भन्दै उत्पादनमा जोड नदिनेबाट राज्य सञ्चालन हुनै नसक्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);