सदन चलिरहँदा कार्यसूचीमा रहेको विधेयक अचानक हटाइयो | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

सदन चलिरहँदा कार्यसूचीमा रहेको विधेयक अचानक हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आज प्रतिनिधि सभामा पेश हुने कार्यसूचीमा रहेको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक’ पेश नभएको कारण माग गर्नुभएको छ ।

सांसद श्रेष्ठले सदनले सरकारलाई जवाफदेही बनाउनुपर्छ कि सरकारले संसद्लाई आफ्नो लहरमा घुमाउने हो? भन्दै प्रश्न उठाउनुभएको छ ।

उहाँले सामाजिक सञ्जाल मार्फत यस्तो प्रश्न उठाउनु भएको हो । ‘आज देशमा के त्यस्तो आपतकालीन अवस्था आयो र? कार्यसूची अनुसार सदनमा आज “अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयक“ पेश हुनु पर्ने थियो । सदन चलिरहँदा, यसरी आकस्मिक कार्यसूचीबाट सो विधेयक हटाइनुको कारण के रै छ ?’ उहाँले लेख्नुभएको छ ।

Leave a Reply