एनओसी पाउनुपर्ने माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिए | ईमाउण्टेन समाचार

Our Network

भदौ १७ २०८१, सोमबार

एनओसी पाउनुपर्ने माग गर्दै विद्यार्थीहरु प्रदर्शनमा उत्रिए

काठमाडौं, ५ वैशाख । नेपाली विद्यार्थीले विदेश अध्ययन गर्न जान पाउनुपर्ने माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । मंगलवार उनीहरुले एनओसी दिनुपर्ने माग गर्दै काठमाडौंको नयाँ बानेश्वरमा
बिरोध प्रदर्शन गरेका हुन् ।

सरकारले गत वर्षको चैत्र २७ गतेबाट एनओसीमा रोक लगाएको भन्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् । विभिन्न इन्स्टीच्युटमा अध्ययनरत विद्यार्थीहरुले नो अब्जेक्शन सर्टिफिकेट (एनओसी)
विषयलाई लिएर दबाबमुलक प्रदर्शन गरेका थिए ।

उनीहरुले ‘एनओसी विधेयक खारेज गर्’, ‘विद्यार्थी मार्न पाइँदैन’, ‘प्रहरी दमन मुर्दावाद’, ‘शिक्षा मन्त्रालय जान दे’, ‘शिक्षामन्त्री बोलाइ दे’ लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेका छन् । file photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);