चितवनमा तोरीको उत्पादनमा वृद्धि | ईमाउण्टेन समाचार

Our Network

पुष ३ २०८१, बुधवार

चितवनमा तोरीको उत्पादनमा वृद्धि

toribari-min

काठमाडौं, २० पुष । चितवनमा क्रमिक रुपले तोरीको उत्पादनमा वृद्धि हुदै गएको छ । तोरी उत्पादन हुन छाडेपछि तोरी खेतीमा देखिएको समस्याबारे अनुसन्धानहरु गरिएको र ती अनुसन्धानले माटोमा तोरीका लागि चाहिने सुक्ष्म तत्व सल्फर, बोरोन र क्याल्सिमयको कमि औंल्याए पछि माटोमा त्यसको मात्रा बढाउन किसानलाई प्रेरीत गरेकाले बिस्तारै तोरी लगाउन किसानहरु उत्साही बनेको जिल्ला कृषि बिकास कार्यालय चितवनका प्राविधिक सहायक नोदनाथ लामिछानेको भनाई छ ।

लाही र अल्टेनेरिया डडुवाको प्रभाव नियन्त्रण हुन थालेपछि चितवनमा उत्पादन बढ्न थालेको हो । माटोमा रसायनिक मलको प्रयोग र बालिमा बिषादीको प्रयोगका कारण बालि उत्पादन घटेको हो । अहिले खेतीको क्षेत्रफल बढेर १२ हजार दुई सय हेक्टर पुगेको छ । सरकारले तेलहन बालीलाई प्रवद्र्वन गर्न थालेपछि तोरीको उत्पादनतर्फ कृषक आकर्षित भएको हो ।

पुर्वी चितवनको बछ्यौली, सौराह, पदमपुर, र पश्चिममा शुक्रनगर, मेघौली जितपुरलाई शारदानगर गुन्जानगर पकेट क्षेत्र मानिन्छ । सरकारले चितवनसहित १२ जिल्लामा अभियानमूखी तेलहन बाली उत्पादन कार्यक्रम थालेको र किसानलाई स्रोत बीउमा ५० र तेल मिलमा ५० प्रतिशत अनुदान दिँइदै आएको छ ।

यसैगरी माटोमा मिसाउने सल्फर, क्याल्सियम, बोरोनलगायत सुक्ष्म खाद्य तत्वमा ५० प्रतिशत अनुदान दिइएको छ । गतवर्ष चितवनमा १० हजार मेट्रिक टन तोरी उत्पादन भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);