काठमाडौं, ४ वैशाख । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज दुई खेल हुँदैछन् । नवौं चरणको अन्तिम दुई खेलमध्ये एक खेल एन्फा कम्प्लेक्स र एक खेल च्यासल मैदानमा दिउँसो ३ बजेबाट हुनेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लव र फ्रेण्ड्स क्लवबीच प्रतिष्पर्धा हुनेछ । त्यस्तै च्यासल मैदानमा थ्री स्टार क्लव र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ ।