प्रधानमन्त्रीलाई भेटेर सुझाव दिन गगन थापालाई पौडेलको आग्रह | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

प्रधानमन्त्रीलाई भेटेर सुझाव दिन गगन थापालाई पौडेलको आग्रह

काठमाडौं, ४ वैशाख । नेकपा (माओवादी केन्द्र) का सचिव तथा सांसद देवेन्द्र पौडेलले सरकारलाई सफल बनाउने दायित्व नेपाली काँग्रेसको पनि भएको बताएका छन् । कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारको आलोचना गरेको बारे टिप्पणी गर्दै उनले सरकार सफल बनाउने जिम्मेवारी गठबन्धन दलहरुको पनि भएको बताए । उनले थापालाई सुझाव सल्लाह भए प्रधानमन्त्रीलाई भेटेर दिन पनि आग्रह गरे ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचिव पौडेलले सरकारलाई सफल बनाउने जिम्मेवारी गठबन्धन दलका प्रमुख नेता भएकाले काँग्रेस महामन्त्री थापाको पनि भएको बताए । थापाले सार्वजनिक मञ्चहरुबाट सरकारको आलोचना गरिरहेको भन्दै आलोचनाले सरकार सफल नहुने उनको भनाइ थियो । उनले सरकारको आलोचना नगरी सहयोग गर्न आग्रह गरे । उनले गठबन्धनलाई जोगाएर जनताको अपेक्षा अनुसारको काम गर्नुपर्ने बताए । पौडेलले सरकारका कमी, कमजोरीका बारेमा सल्लाह, सुझाव दिनुपरे प्रधानमन्त्रीलाई भेटेर दिन महामन्त्री थापालाई आग्रह गरे ।

उनले भने,–‘गगन थापा हाम्रो गठबन्धनको मुल पार्टीको प्रमुख व्यक्ति हुनुहुन्छ । सरकारलाई सफल बनाउने दायित्व उहाँको पनि हो । आलोचना गरेर मात्रै सफल हुन्न । सहयोग गरेर पनि सफल हुन्छ । त्यसकारणले यो गठबन्धनलाई जोगाउने र गठबन्धनबाट जनताका डेलिभरीका कामहरु गर्नको निम्ति टेबलमा बसेर उठेका विषयहरु सुझाव दिएर सफल बनाउने होला नि सरकारलाई गठबन्धनले । विरोध गरेर सरकार सफल हुन्न । सहयोग गरेर सफल हुन्छ । मेरो सुझाव के छ भने त्यसप्रकारका कमी कमजोरी छन् भने प्रधानमन्त्रीसँग समय लिएर, उपप्रधानमन्त्रीसँग समय लिएर उहाँले सुझाव राख्दा राम्रो ।’
सचिव पौडेलले माओवादी आन्दोलनलाई पुनःजीवित गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले माओवादी घटकहरु छिटोभन्दा छिटो एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले एकतावद्ध हुन ढिलो गरे ढुङ्गा खाने स्थिति आउनसक्ने उल्लेख गरे

उनले भने,‘एकता आवश्यक छ । ढिलो भएको छ । साथीहरु किन ढिलो गर्नुभएको छ ? सिनियर साथीहरु जसले माओवादी छोडेर केही गर्छौं भन्नुभएको थियो उहाँहरुले पनि गम्भिरतापूर्वक सोच्न जरुरी छ । र माओवादी भित्रका हामीहरुले पनि छिटोभन्दा छिटो माओवादी आन्दोलनलाई पुनःजिवित गर्नको निम्ति अगाडी बढ्नुको विकल्प छैन । त्यसको निम्ति सबै माओवादी घटकहरुलाई म विशेष अनुरोध गर्न चाहन्छु, अब ढिला नगरौँ । ढिला नगरौँ, ढिला गर्दा ढुङ्गा खाने स्थिति आउनसक्छ । त्यसकारण छिटोभन्दा छिटो पुनःगठित हुने, शक्ति आर्जन गर्ने र अगाडी बढ्नुको विकल्प छैन ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);