राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायत हुने | ईमाउण्टेन समाचार

Our Network

असोज १० २०८१, बिहीबार

राष्ट्रपति पौडेलको पहिलो विदेश भ्रमण बेलायत हुने

काठमाडौं, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको पहिलो विदेश भ्रमण बेलायत हुने भएको छ । उनी वैशाखको तेस्रो हप्तामा बेलायत भ्रमणमा जाने बुझिएको छ ।

राष्ट्रपति निकट स्रोतका अनुसार बेलायतका राजा चाल्र्स तृतीयको राज्याभिषेकमा सहभागी हुन पौडेल बेलायत जाने तयारी भएको छ । भ्रमणबारे बेलायतका लागि राजदूत ज्ञानचन्द्र आचार्यले जानकारी गराइसकेको बुझिएको छ ।

राष्ट्रपति पौडेल बेलायत जाने गरी परराष्ट्र मन्त्रालयले तयारी बढाइसकेको छ । चाल्र्सको राज्याभिषेक मे ६ मा हुने तय छ ।

फागुनमा राष्ट्रपति निर्वाचित भएपछि पौडेल विदेश भ्रमणमा गएका छैनन् । बेलायत गएमा उनको पहिलो विदेश भ्रमण हुनेछ ।

नेपाल र बेलायतबीच भारतमा उसको उपनिवेश छँदै कूटनीतिक सम्बन्ध रहँदै आएको छ । नेपालका गोर्खा सैनिक बेलायती सेनामा कार्यरत छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);