मानसखण्डको महत्वबारे नेपाल र भारतका विज्ञहरुको गोष्ठी | ईमाउण्टेन समाचार

Our Network

भदौ १९ २०८१, बुधवार

मानसखण्डको महत्वबारे नेपाल र भारतका विज्ञहरुको गोष्ठी

काठमाडौं, ३ वैशाख । नेपाल र भारतका विज्ञहरुले मानसखण्डको महत्वबारे बहस गरेका छन् । शनिवारबाट सुदूरपश्चिम प्रदेशको धनगढीमा सुरु भएको गोष्ठीमा उनीहरुले यसबारे बहस गरेका हुन् ।

नेपाल–भारत सभ्यता र सांस्कृतिक अन्तरसम्बन्धका लागि अखण्डताको अनिवार्यता विषयमा दुवै देशका विज्ञहरु सम्मिलित तीन दिवसीय गोष्ठी सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम विश्वविद्यालय, अन्तर्राष्ट्रिय सहयोग परिषद् भारतको संयुक्त आयोजनामा भइरहेको छ । ऋषीउड युनिभर्सिटी, नेपाल भारत सहयोग मञ्च, कुमाऊ विश्वविद्यालय, महाकाली साहित्य संगम पनि सहआयोजक छन् ।

गोष्ठीको उदघाटनमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, उत्तराखण्डका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल, अन्तर्राष्ट्रिय सहयोग परिषद् भारतका महासचिव श्याम परांडेलगायत सहभागी थिए ।

गोष्ठीमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले पनि सहभागी हुँदैछन् । उनी सडकमार्ग हुँदै धनगढी प्रवेश गर्ने तय छ । चौथाइवाले यसै हप्ता काठमाडौं आएर महत्वपूर्ण भेटवार्ता गर्ने तय छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);