नयाँवर्षको जमघटमा रक्सीले मातेर वर्षमानकी आमामाथि गोली चलाएका थिए हवल्दार प्रकाशले | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

नयाँवर्षको जमघटमा रक्सीले मातेर वर्षमानकी आमामाथि गोली चलाएका थिए हवल्दार प्रकाशले

काठमाडौं, २ वैशाख । नयाँ वर्षको जमघट थियो वर्षमान पुनकी आमाबाबु बस्ने गरेको बालुवाटारस्थित घरमा । त्यहाँ डाकिएका थिए कायममुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीको सुरक्षामा खटिएका हवल्दार प्रकाश पुन मगर । उनी वर्षमानका नातेदार पनि थिए ।

जमघटका क्रममा रक्सी पिएर मातिन थालेका थिए प्रकाश । सामान्य विवाद भयो त्यहाँ । उनले पेस्तोल निकालेर प्रहार गर्दा पूर्वमन्त्री वर्षमान पुनकी आमा घाइते भइन् । त्यपछि प्रकाश फरार भए ।

घटना लुकेन । खुट्टामा गोली लागेकी तीर्थमाली पुनलाई ट्रमा सेन्टर लगियो । घटनाको ब्रिफिङ प्रचण्डलाई समेत भयो ।

शनिवार विहानै प्रकाश पुन मगर पक्राउ परे । शुक्रवार राति ९ बजे भएको घटनाबारे उनीमाथि बयान लियो प्रहरीले हेडक्वार्टरमै राखेर ।

घटना घटेको बेलामा माओवादीका उपमहासचिव समेत रहेका पूर्वमन्त्री वर्षमान पुन थिएनन् । उनी उपचारका लागि चीनमा छन् । वर्षमान पुन पूर्वसभामुख ओनसरी घर्तीका पति हुन् । वर्षमान र ओनसरी दुवै उक्त घरमा नबस्ने र बाबुआमा मात्र बस्ने गरेको बुझिएको छ ।

स्वास्थ्यमा समस्या भोग्दै आएका वर्षमान उपचारका लागि विदेश गइरहन्छन् । उनी पछिल्लो समय चीनमा उपचार गर्दै आएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);