चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिने मौका गुमायो | ईमाउण्टेन समाचार

Our Network

मंसिर १८ २०८१, मंगलबार

चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिने मौका गुमायो

काठमाडौं, २० पुष । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीलाई आर्सनलले २–२ को बराबरीमा रोक्यो, बराबरीसँगै चेल्सीले अंकतालिकाको दोस्रो स्थानमा उक्लने मौका गुमायो

आर्सनलसँग बराबरी खेलेसँगै चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ ।

बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई २–२ को बराबरीमा रोक्यो । अव मैदानमा भएको खेलमा चेल्सीले अंक बाँड्दा म्यानचेस्टर युनाइटेडलाई फाइदा पुग्यो । ६३ औँ मिनेटमा ज्याक विलशरले गोल गर्दै आर्सनललाई सुरुवाति अग्रता दिलाए ।

त्यसको चार मिनेटपछि चेल्सीले पेनाल्टी पायो । पेनाल्टीमा इडन हजार्डले चेल्सीका लागि बराबरी गोल फर्काए । ८४ औँ मिनेटमा मार्कस एलोन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । आर्सनलका लागि एलेक्स सान्चेज र अलेक्सान्ड्र लाकाजेटीले गोल गर्ने सुन्दर मौका बनाएका थिए ।

तर त्यसमा सफल हुन सकेन । हार नजिक पुगेको आर्सनललाई इन्जुरी समयमा हेक्टर बेलरिनले गोल गर्दै बराबरी गराए । बराबरीपछि तेस्रो स्थानको चेल्सीको २२ खेलबाट ४६ अंक भएको छ । उ दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले पछि परेको छ । यस्तै छैटौँ स्थानमा रहेको आर्सनलको २२ खेलबाट ३९ अंक भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);