सिंहदरबार अन्तै सार्न बालेनको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

सिंहदरबार अन्तै सार्न बालेनको चेतावनी

काठमाडौं, ३० चैत्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंको हितमा काम गर्न दिन सरकारसँग आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत बालेनले देशको राजधानीको मुटुमा रहेको सिंहदरबारलाई अन्यत्र सार्न आग्रह गरेका हुन् ।

सिंहदरबार सारे पनि काठमाडौं बासीलाई कुनै आपत्ति नरहेको समेत उनले स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्,‘कि काठमाडौंको हितमा काम गर्नुहोस,कि सिंहदरबार अरु पालिकामा सार्नुहोस । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन्, चाहे सिंहदरबार सार्नुस कि राजधानी सार्नुस । हामीलाई हाम्रो सम्पदा, सस्कृती, कला, सभ्यता चाहिन्छ, राजनिती हैन् ।’ पछिल्लो समय बालेन संघीय सरकारप्रति निकै आक्रोसित भएका छन् । उनले केही दिन अघि विभिन्न मन्त्रालय र मन्त्रीहरुले असहयोग गरेको भन्दै सिंहदरबारको फोहोर नउठाउने चेतावनी दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);