आमाको हत्या गरेको अभियोगमा थापा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

आमाको हत्या गरेको अभियोगमा थापा पक्राउ

murder

काभ्रेपलाञ्चोक,३० चैत्र । आफ्नै आमा ९० वर्षीया कान्छी माया थापाको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । आमाको हत्या गरेको अभियोगमा पनौती नगरपालिका–११ बलथली बस्ने ५२ वर्षीय राजेन्द्र भन्ने बिष्णु बन्धु थापालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

घरायसी झगडामा बिष्णु बन्धुले दाउरा काट्ने खुर्पाले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनको उपचारको लागि शिर मेमोरियल अस्पतालतर्फ लैजाने क्रममा मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);