उद्योगीका साथै सरकार पनि अन्यौलग्रस्त रहेको व्यवसायीहरुको टिप्पणी | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८१, आइतबार

उद्योगीका साथै सरकार पनि अन्यौलग्रस्त रहेको व्यवसायीहरुको टिप्पणी

बटुक राज गिरि \ माउन्टेन टेलिभिजन एचडी।

काठमाडौँ, चैत्र २९ । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व दाबी गर्दै वरिष्ठ उपाध्यक्षमा ३ जना चुनावी मैदानमा उत्रिएका छन । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालको स्वतः अध्यक्ष हुने व्यवस्था रहेकोले ३ समूहले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघाई र अञ्जन श्रेष्ठ दाबेदार छन् । तीनै जना प्रतिस्पर्धिको मूल मुद्दा अर्थतन्त्रमा देखिएको समस्या समाधानमा सक्रिय भूमिका खेल्ने रहेको छ। अर्थतन्त्रमा देखिएको समस्याले उद्योग धराशायी भएको, बेरोजगारी बढेको र सम्भावित परिदृश्य निराशाजनक बन्दै गएकोले यो समस्याबाट पारपाउन सरकारलाई घचघच्याउने उम्मेदवारहरुले दाबी गर्दै आएका छन । कोरोनाले शिथिल बनाएको अर्थतन्त्र , मुलुकमा उत्पादनको कमी, सुस्ताएको पर्यटन क्षेत्रलाई जोगाउन, सेवा क्षेत्र विस्तार गर्न, पलाएन हुँदै गरेका उद्योगी व्यवसायीलाई जोगाउनु अहिलेको प्रमुख चुनौती रहेका छन। लामो समयको राजनीतिक अस्थिरताले अर्थतन्त्रमा टेवा पु¥याउने क्षेत्रमा ध्यान नपुग्दा उद्योगीका साथै सरकार पनि अन्यौलग्रस्त रहेको व्यवसायीहरुको टिप्पणी छ।

नेपाल उद्योग वाणिज्य महासंघ । सरकार राजश्वमुखी हुँदा देशमा उद्योग कलकारखाना फस्टाउन नसकेको व्यवसायीहरुको भनाइ छ। यसले गर्दा उनीहरुमा निराशा देखिएको छ। लगानी गर्दा खेप्नु पर्ने झन्झटिलो प्रक्रिया, सरकारको असयोगी व्यवहारलाई सुधार्न महासंघले ठोस कदम चाल्नुपर्ने व्यवसायी बताउँछन् ।

पछिल्लो समय उद्योगीहरु व्यापारतिर केन्द्रित हुँदा उत्पादन कम हुँदै गएको छ। कम लगानी, जनशक्ती कम परिचालन गर्नु पर्ने , कम लगानीमा प्रतिफल धेरै आउने तथा चुनौतीको कमी लगाएतका विषयले उद्योगीहरु व्यपारतर्फ आकर्षित भएको पाइन्छ । आयातमा भर पर्ने स्थितिको अन्त्यका लागि उत्पादनमा जोड दिदै आर्थिक विकासमा देखिएको अवरोधलाई पन्छाउनु नयाँ नेतृत्वको दायित्वसँगै चुनौति पनि रहेको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);