अमेरिका बसेर जाजरकोटमा जागिर खाने डाक्टर | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८२, शुक्रबार

जाजरकोट, २० पुष । सुन्दै अचम्म लाग्न सक्छ, अमेरिका बसेर जाजरकोटमा जागिर कसरी सम्भव होला

तर जिल्ला अस्पताल जाजरकोटमा कार्यरत मेडिकल अधिकृत डाक्टर निशराज बस्नेतले विगत एक बर्षदेखि अमेरिका बसेर यहाँको सरकारी जागिर गरिरहेको पाइएको छ ।

स्थानीय प्रशासनले छड्के अनुगमन गर्दा यस्तो अनियमितता फेला परेको हो ।

उनी गत बर्ष अमेरिका गएका हुन् । २०७३ अन्त्यसम्म उनको साढे १९ दिन सञ्चित बिरामी बिदा थियो ।

२०७४ बैशाखयता दुईपटक आएर हाजिर गरेर उनी पुनः अमेरिका फर्किएका छन् । यस बर्ष बैशाख २५ देखि जेठ ४ गतेसम्म ११ दिन हाजिर गरेर फर्किएका थिए ।

पुनः कार्तिक ६ देखि हाजिर भएका उनी २१ गतेसम्म १६ दिन जिल्ला अस्पतालमा बसेर काम गरेको हाजिरी रेकर्डमा उल्लेख छ ।

अन्य अवधिमा घरबिदा, सट्टा बिदा, काज एवं बाटो म्याद उल्लेख गरेर हाजिरी किताब भरेका छन् ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।