काठमाडौं, २९ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार बिहान ९ बजे बोलाएको बैठक २ बजेका लागि सारेको छ । पार्टीका नेताहरु चुनावी अभियानमा खटिएको भन्दै बैठकको समय पछि सारेको रास्वपाले जनाएको छ । बैठकपछि तुरुन्तै पत्रकार सम्मेलन हुनेछ ।
श्रेष्ठको अडियो प्रकरणबारे पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिले छानबिन गरेर प्रतिवेदन बुझाइसकेको छ । सो प्रतिवेदनको आधारमा के कारबाही गर्ने भन्ने निर्णय लिन आज पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको हो ।
सभापति रवि लामिछानेले दिएको ७२ घन्टे समयसिमा भित्रै समितिले प्रतिवेदन बुझाएको हो । पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठसँग बयान लिएको थियो । बयानमा श्रेष्ठले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।
आफुलाई नियतवश फसाउन खोजिएको भन्दै उनले अडियो पूरै एडिटेड भएको वयान दिएका थिए । तर, समितिले बाहिरिएको अडियोमा उनकै आवाज रहेको अनुमान लगाएको छ । सोहि अनुरुप उनीमाथि कारबाहि गरिने जनाइएको छ ।