काठमाडौं, २८ चैत्र । गर्भनर महाप्रसाद अधिकारीले आज पत्रकार सम्मेलन गर्दैछन् । आर्थिक संकटकाबीच बढेको बैंक ब्याजदरका विरुद्ध उद्योगव्यवसायी देखि सर्वसाधारण आन्दोलित भइरहँदा केन्द्रीय बैंकले धारणा राख्न लागेको हो ।
आज १ बजे पत्रकार सम्मेलन गरे गर्भनर अधिकारीले केन्द्रीय बैंकको धारणा सार्वजनिक गर्नेछन् । पत्रकार सम्मेलनमा मुलुकको वास्तविक आर्थिक स्थितिको चित्रण हुने जनाइएको छ ।
आज ८ महिनाको वित्तिय रिपोर्ट सार्वजनिक हुँदैछ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको माइक्रो इकोनोमी, वित्तिय रिपोर्ट सार्वजनिक गर्ने गर्ने राष्ट्र बैंकको तयारी छ ।




