विवाहको १३ वर्षपछि श्रीमान राक्षस बनेपछि... | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

विवाहको १३ वर्षपछि श्रीमान राक्षस बनेपछि…

फिरोजाबाद, २८ चैत्र । श्रीमानले अप्राकृतिक सम्बन्ध राखेको र क्रूरताको हद नाघेको आरोप लगाउँदै भारतमा एक महिलाले मुद्दा दर्ता गरेकी छन् ।

एक सहरमा बस्ने युवतीले १३ वर्षअघि विवाह अलिगढमा भएको बताइन् । उनी श्रीमानसँग लाइनपर क्षेत्रमा भाडाको घरमा बस्दै आएकी छिन् ।

विवाहपछि श्रीमानले कुटपिट गरेको महिलाको आरोप छ । श्रीमानले अप्राकृतिक तरिकाले सम्बन्ध निर्माण गर्ने उनले बताएकी छिन् ।

पतिको एक दिन क्रूरताको हद नाघ्यो र पत्नीले विरोध गर्दा सुतिरहेको अवस्थामा घाँटी थिचेर ज्यान मार्ने प्रयास गरिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण गराउनुका साथै श्रीमान् योगेश कुमारविरुद्ध किटानी जाहेरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);