काठमाडौं । व्यवसायी दुर्गा प्रसाईसँग पैसाको बार्गेनिङ गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाका प्रसाद श्रेष्ठले पार्टीले मागेको २४ घण्टे स्पष्टीकरण दिएनन् ।
मन्त्री बन्न दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठसँग स्पष्टीकरण मागेको थियो । तर, उनले यो समाचार तयार पार्दासम्म स्पष्टीकरण दिएका छैननन् ।
यद्दपी पार्टीको अनुशासन कमिटीले भने उक्त घटनामा अनुसन्धान भइरहेको दाबी गरेको छ । उनको सांसद पद के गर्ने भन्ने विषय करिब तिन दिनमा टुङ्गो लगाउने बताइएको छ ।