कैलाली, १९ पुष । हरेक बर्ष रासायनिक मल अभावको समस्या झेलिरहने कैलालीको भजनीका कृषकले यसपटक भने मलका लागि तनाव झेल्नुपरेको छैन । साल्ट ट्रेडिङ कर्पोरेसन कैलालीले समयमै सिंगल सुपर फोस्फेट मल वितरण गरेपछि कृषकलाई सहज भएको छ ।
सधैं मल अभावमा चिन्तित देखिने कैलालीको भजनी नगरपालिका–९, पचमुडियाका कृषक यसपटक समयमै मल पाएपछि खेती गर्न उत्साहित भएका छन् । निकै ताकेता गरेपछि बल्ल प्राप्त हुने रासायनिक मल डीएपीको प्रयोगले बाली त्यति नफस्टाएको अनुभव गरेका कृषक सिंगल सुपर फोस्फेट अर्थात् एसएसपी मलको प्रयोगले खेती फस्टाएपछि हौसिएका हुन् ।
तोरी, गहुँ र तरकारीमा प्रयोग गरिएको एसएसपी मलको प्रयोगका कारण बाली फस्टाएको कृषकले बताएका छन् । साल्ट ट्रेडिङले पनि एसएसपी मल पर्याप्त भएकाले ढुक्कले खेतीपातीमा जुट्न कृषकलाई आग्रह गरेको छ ।