जस्तामाथि रुख ढल्यो, धार्मिक कार्यक्रममा जान लागेका ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

जस्तामाथि रुख ढल्यो, धार्मिक कार्यक्रममा जान लागेका ७ जनाको मृत्यु

एजेन्सी, २७ चैत्र । महाराष्ट्रको अकोलामा आइतबार एउटा टिन शेडमा रुख खस्दा सात जनाको मृत्यु भएको छ । ३० जना घाइते भएका छन् । अकोलाको पारस गाउँमा दुर्घटना भएको हो । बाबुजी महाराज संस्थानमा धार्मिक कार्यक्रममा सहभागी हुन करिब ४० जना पुगेका थिए ।

यहाँ साँझ ७ बजेदेखि भारी वर्षा हुन थालेपछि हावाहुरी चल्न थाल्यो । जसका कारण नीमको रुख ढलेर सबै भक्तजन जम्मा भएको टिनको शेडमा खसेको थियो । जसमध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ३६ जनालाई अस्पतालमा भर्ना गरिएको थियो । घाइतेमध्ये ३ जनाको उपचारको क्रममा मृत्यु भएको छ

घटनाको जानकारी पाएलगत्तै प्रहरी र उद्धार टोली घटनास्थलमा पुगेर स्थानीयको सहयोगमा बिहान ३ बजेसम्म उद्धार कार्य जारी रहेको थियो । मानिसले रुखलाई आरा लगाएर हटाएर जेसीबीको सहयोग लिएर भग्नावशेष निकालेका थिए ।
प्रहरीका अनुसार पारस अकोला जिल्लाको बालापुर तालुकको गाउँ हो। यहाँको बाबुजी महाराज संस्थानको मन्दिरमा आइतबार भएकाले साँझदेखि नै आरती र दर्शनका लागि मानिसको भीड लागेको थियो । संस्थान क्षेत्रमा साँझ ७.३० बजे आरती शुरु भएको थियो ।

यस मन्दिर बाहिर एउटा ठूलो टिनको शेड छ । जिल्लामा बेमौसमी पानी परेपछि यात्रु र भक्तजनहरू पानीबाट बच्न टिनको छानामुनि उभिएका छन् । दुर्घटना हुँदा टिनको शेडमुनि ४० देखि ५० जना रहेका थिए ।

 

Leave a Reply