दिदिबहिनीको हत्याबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै प्रहरी | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

दिदिबहिनीको हत्याबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दै प्रहरी

काठमाडौं, २६ चैत्र । पूर्वी रुकुममा मृत फेला परेका दुई बालिकाको हत्या भएको खुलेको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका–३ रन्मा बिहीबार दुई बालिका मृत फेला परेका थिए । बालिकाहरुको हत्यामा गाउँकै किशोरीहरुको सम्लग्नता रहेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।

सिस्नो टिप्न गएका ८ वर्षीया रिना र उनकी बहिनी ७ वर्षीया कालीमाया बुढा घर नफर्किएपछि खोजी गर्दा भीरमा उनीहरुको शव फेला परेको थियो । बालिकाहरुको घरबाट २ किलोमिटर टाढा झुपा खोलाको भीरमा उनीहरुको शव फेला पारेको थियो । दुई दिदीबहिनी दुुईजनाले गरेर करिब एक तोला बराबरको सुनका गहना लगाएका थिए । सोही गहना खोस्न बालिकाहरुको हत्या भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।
हत्याको आरोपमा पक्राउ परेका दुई किशोरी स्थानीय हुन् । बालिकाहरुको हत्याराबारे जानकारी दिन आज प्रहरीले पत्रकार सम्मेलन गर्ने भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);