जितनारायणलाई कांग्रेसका विद्रोही चार नेताको साथ, जित्लान् त चुनाव ! | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

जितनारायणलाई कांग्रेसका विद्रोही चार नेताको साथ, जित्लान् त चुनाव !

काठमाडौं, २६ चैत्र । निर्वाचनमा एक मतको पनि ठुलो अर्थ रहन्छ । एकैमतले नेतृत्वलाई जिताउने र हराउनेमा महत्वपुर्ण भूमिका खेल्न सक्छ । गत मंसिरमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा चितवन–२ मा फेरी सदस्यको लागि आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि पुनः निर्वाचन हुन लागेको हो । गत चुनावमा लामिछाने ५० हजार बढी मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले पनि रास्वपाबाट रवि उम्मेदवार छन् ।

सत्तागठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठ चुनावी मैदानमा छन् । श्रेष्ठलाई चारजना कांग्रेसका विद्रोही नेताहरुले समेत सहयोग गर्ने भएका छन् । गत निर्वाचनमा टिकट नपाएकाहरु केन्द्रीय सदस्य दिनेश कोइराला, चितवनका पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र महासमिति सदस्य मिना खरेलले श्रेष्ठलाई विजयी गराउन विज्ञपत् िजारी गर्दै संयुक्त अपिल गरेका छन् ।

कोइरालाले गत स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको प्रमुखको लागि उम्मेदवारी दिएका थिए । सत्तागठबन्धनकी उम्मेदवार रेणु दाहालविरुद्ध दिएको उम्मेदवारी पछि फिर्ता लिएका थिए । स्कुले जीवनमै २०४२ सालमा राजनैतिक गतिविधिमा लागेर २०५३ सालमा नारायणगढको बालकुमारी कलेजको स्ववियु सभापति बनेका कोइराला २०५६ देखि २०५८ सालसम्म नेविसंघको केन्द्रीय सदस्यको जिम्मेवारीमा थिए । २०५८ सालमा नेपाली कांग्रेस चितवनको जिल्ला कार्य समितिको सदस्य र प्रवक्ता, १४ औं महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित कोइराला चितवनमा प्रभावशाली मानिन्छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);