‘गहना छ कि भनेर विमानस्थलमा शवका बाकस समेत फुटाइन्छ’ | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

‘गहना छ कि भनेर विमानस्थलमा शवका बाकस समेत फुटाइन्छ’

काठमाडौं । प्रतिनिधि सभा सदस्य हरि ढकालले देशमा संस्थागत भ्रष्टाचार जरैसम्म पुगेको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताउनुभएको हो ।

उहाँले विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको भन्दै भ्रष्टाचार जरैसम्म पुगेको बताउनु भयो ।

गरिब चेपाङ बच्चालाई दिइने दिवा खाजामा समेत भ्रष्टाचार हुने गरेको भन्दै उहाँले यो सबैको कारण बेथिति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विदेशबाट शव ल्याउँदाखेरी शवको बाक्सा फोरिएको छ एयपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई । ब्यागहरु फुटेको त जानकारी थियो । समाज कहाँ जादैछ ? समाज के बन्दैछ ? कारण के हो ? कारण भ्रष्टाचार यसरी संस्थागत भएछकि यसरी जरो सम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ एयरपोर्ट यताबाट लागु औषध स्क्रिनमा देख्दैन । लागुऔषध कतारमा पुग्छ । संस्थागत यति भएछ भ्रष्ट्राचार गरिब चेपाङ कुपोषित बच्चाको दिवा खाजा लुट्छ । दिवा खाजामा भ्रष्टाचार छ ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);