काठमाडौं, २३ चैत्र । गत मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति भएपछि रिक्त रहेको सांसद पदका लागि बैशाख १० उपनिर्वाचन हुँदैछ ।
सत्तागठबन्धनबाट नेपाली कांग्रेसका नेता गोविन्द भट्टराई, नेकपा एमालेबाट पूर्व डिआईजी सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले लगायत प्रतिस्पर्धामा उत्रिएका छन् । एक प्रतिनिधि सभा सदस्यको लागि ९ जनाको उम्मेदवारी परेपनि त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।
गत निर्वाचनमा सो क्षेत्रमा सत्तागठबन्धनबाट कांग्रेसका पौडेलले २५ हजार ३६१ मत प्राप्त गरेर विजयी भएका थिए । पौडेललाई नेकपा माओवादी केन्द्र, जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)को समर्थन थियो । अहिले कांग्रेसको उम्मेदवार भट्टराईलाई नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतको समर्थन रहेको छ ।
पौडलेले पाएको २५ हजार ३६१ मत भट्टराईले प्राप्त गरेमा जित हुने देखिए पनि त्यत्ति सहज भने छैन् । यद्यपी पूर्व गृहमन्त्री गोविन्दराज जोशीले उम्मेदवारी नदिएकाले त्यसको केही फाइदा भने भट्टराईले लिन सक्नेछन् । जोशी कांग्रेसका पूर्वसहमहान्त्री हुन् । जोशीले प्राप्त गरेको ६ हजार मत भट्टराईले आफ्नो पक्षमा पार्न सके जित निश्चित देखिन्छ । जोशीलाई पौडेलको वागी उम्मेदवारी दिएको भन्दै कारबाही गरेको कांग्रेसले कारवाही फुकुवा गरेपनि उम्मेदवारी भने दिएनन् ।
आगामी उपनर्वाचनका लागि नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना, मंगोल नेशनल अर्गनाइजेशनका प्रेमबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी समाजवादीका गणेश श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका शोभा गुरुङ र नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दिएका छन् ।
गत प्रतिनिधि सभा निर्वाचनमा पौडेलका निकटतम प्रतिद्धन्द्धी एमालेका एकबहादुर रानाले १९ हजार ९८१ मत प्राप्त गरेका थिए भने स्वतन्त्रबाट गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याएर तेस्रो स्थान हासिल गरेका थिए । रास्वपाबाट विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्दा राप्रपाका विनोद कुमार घर्तीले २४ सय ८४ मत ल्याएका थिए । गत निर्वाचनको नतिजाअनुसार भट्टराई र खनालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेसका भट्टराईलाई माओवादीसहित एकीकृत समाजवादीको समर्थन रहेको छ । सत्तागठबन्धनका उम्मेदवार कांग्रेस केन्द्रीय सदस्य गोबिन्द भट्टराई समाजशास्त्र, व्यवस्थापन शास्त्र, अर्थ शास्त्र, राजनीति शास्त्रमा उच्च शिक्षा प्राप्त गरेका छन् भने उनी पिएचडीका स्कलर हुन् ।
कांग्रेसको केन्द्रीय राजनीतिमा पहुँच राख्न सक्ने भट्टराई बौद्दिकता र क्षमतामा अब्बल छन् । कुनैपनि राजकीय आहोदामा नहुँदा तनहुँमा करोडौं बजेटको खानेपानीका योजना ल्याउन सफल नेताको रुपमा चिनिन्छन् । नैतिकतामा कुनै दाग नलागेका ब्यक्तित्व,देश र जनताको पक्षमा बिद्यार्थी आन्दोलन देखि हरेक राजनीतिक परिवर्तनहरूमा अग्रमोर्चामा रहेका भट्टराईले कांग्रेसका धेरै युवा नेताहरु जन्माउन महत्वपुर्ण भूूमिका खेलेका छन् । हाल कांग्रेसका केन्द्रीय नेताहरु गुरुराज घिमिरे, किशोर सिंह राठौर, रन्जित कर्ण, गगनकुुमार थापा, प्रदिप पौडेल, उमेजजंश रायमाझी, रेशम बानिया, उमाकान्त चौधरी लगायतका थुप्रै नेताहरु उनकै छहारीमै हुर्केबढेका हुन् । ती युवा नेताहरु अगाडी बढेपनि भट्टराई भने हालसम्म कुनै पनि उच्च पदमा पुगेका छैनन् । राजनीतिक जिवनमा पदलोलुपता कहिल्यै नदेखाएका भट्टराईले सालिन, निष्ठा र त्याग राजनीतिको पहिचान बनाएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोर्खाका स्वर्णिम वाग्ले अर्थशास्त्री हुन् । वाग्ले सुशिल कोइराला नेतृत्वको सरकारका पालामा राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएका थिए । आयोगमा दुई कार्यकाल सदस्यको रुपमा काम गरेका वाग्लेलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपाध्यक्षमा नियुक्त भए । आयोगको सदस्यमा नियुक्त हुनुपहिले वाग्ले विश्व बैंकको वासिंगटनडीसीस्थित मुख्यालयमा वरिष्ठ अर्थशास्त्रीको रुपमा कार्यरत थिए । अष्ट्रेलियाबाट अर्थशास्त्रमा विधावारिधी गरेका वाग्ले सार्वजनिक वित्त र अन्र्तराष्ट्रिय व्यापार क्षेत्रका विज्ञ मानिन्छन् । डा.मिनबहादुर श्रेष्ठले राजीनामा दिएपछि आयोगको रिक्त रहेको उपाध्यक्षको पदमा नियुक्त भएका थिए । केही दिन अघि मात्र कांग्रेस परित्याग गरेर रवि लामिछाने नेतृत्वको पार्टी रास्वपामा प्रवेश गर्दै तनहुँ १ मा उम्मेदवारी घोषणा गरेका थिए । वाग्लेले तनहुँ १ को माटो नबुुझेको मतदाता बताउँछन् ।
वाग्लेले पटक–पटक राज्यबाट लाभको पद प्राप्त गरेपनि जनताका निम्ति केही गरेको देखिदैन् । कांग्रेस छाडेको वाग्लेले रामचन्द्र पौडेलको उत्तराधिकारीको रुपमा तनहुँबाट विजयी हुने दाबी गर्छन् ।
नेकपा एमालेका उम्मेदवार खनाल नेपाल प्रहरीका पुर्व आईजिपी हुन् । खनाल प्रहरी प्रमुख हुँदा राम्रो छवि बनाएका थिए । तनहूँ भानु नगरपालिकाका स्थायी खनाल एमाले प्रवेश नगर्दै सांसद अपहरण काण्डमा मुछिएका थिए । महेश बस्नेत, किसान श्रेष्ठसँगै उनीविरुद्ध अपहरण मुद्दा लागेको थियो । जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफुलाई अपहरण गरेको आरोप लगाउदै उनीहरुविरुद्ध उजुरी दिएका थिए । महानगरिय प्रहरी परिसर टेकु र सरकारी वकिल कार्यालयले उजुरी लिन अस्वीकार गरेपछि मानवअधिकार आयोगमा उजूरी परेको हो ।




