काठमाडौं,१९ पुष । झण्डै एक महिनासम्म लगातार ओरालो लागेको शेयरबजारमा यो साता सकारात्मक संकेत देखिएको छ । साताको पहिलो दिन ओरालो लागेको शेयर बजार सोमबार र मंगलबार भने सुधार भएको छ । सोमबार एकै दिन झण्डै ४५ अंकले बढेको नेप्से परिसुचक मंगलबार भने निकै उतारचणबकाबिच अन्तिममा सामान्य अंकले बढेर बन्द भएको छ ।
अन्तिम समयमा घटेर १४ सय ३४ दशमलब दुई चार अंकमा पुगेर बन्द भएको हो । नेप्से परिसुचक दुई दशमलब चार चार अंकले बढेको छ । मंगलबार एक सय ६६ कम्पनीका ६३ करोड ३२ लाख २२ हजार ४ सय १२ रुपैयाँका शेयर खरिदविक्री भएको छ ।