काठमाडौं, २२ चैत्र । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज सुनुवाइ हुँदैछ । सन्दीपको मुद्दा न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासमा परेको हो । सर्वोच्च अदालतले सन्दीपविरुद्धको जबरजस्ती करणी मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो
उनीविरुद्ध एक नाबालिगले गत भदौमा बलात्कार गरेको अभियोगमा उजुरी दिएकी थिइन् । सन्दीपले गत भदौ ५ मा एक होटलमा लगेर बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ । नाबालिगले भदौ २१ गते जाहेरी दिएकी थिइन् ।
यद्यपि चैत १३ गते अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेपछि लामिछानेकै कानुन व्यवसायीले स्थगित गराएका थिए ।