एकैदिन यातायात कार्यालयबाट १० बिचौलिया पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८३, बुधवार

एकैदिन यातायात कार्यालयबाट १० बिचौलिया पक्राउ

काठमाडौं, २२ चैत्र । वीरगन्जस्थित यातायात व्यवस्था कार्यालयबाट एकैदिन १० जना बिचौलियालाई पक्राउ परेका छन् । सेवाग्राहीलाई काम छिटो छरितो गराइदिने प्रलोभनमा पारेर रकम असुल्ने र कार्यालयका फाइल बोकेर हिँड्ने कार्यमा संलग्न १० जना बिचौलियालाइ मंगलबार प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–१२ का २५ वर्षीय आलोक कुमार यादव, वडा नम्बर १३ का ४५ वर्षीय किशोर कुमार दयाल, वडा नम्बर १५ का ४० वर्षीय दिपलाल साह, त्यही वडाका ४६ वर्षीय, वडा नम्बर ३ का ३७ वर्षीय रन्जित गुप्ता, वडा नम्बर ११ का २३ वर्षीय लालबाबु महत्तो, त्यही वडाका ४५ वर्षीय राजेश लामा,पर्साको कालिकामाई गाउँपालिका–४ का ४० वर्षीय राजेश महतो , बाराको परवानीपुर गाउँपालिका–५ का ४५ वर्षीय दरोगा दास र बाराकै प्रसौनी गाउँपालिका–६ का ३० वर्षीय मुकेश साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो ।

पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब निर्मल बुढाथोकीका अनुसार, यातायात कार्यालयमा बिचौलीयाहरूले सेवाग्राहीलाई विभिन्न प्रलोभन र बहानामा हैरान पारेको गुनासो आएपछि मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्साबाट अनुगमनका लागि टोली खटिएको थियो।

कार्यालयमा अनुगमनका क्रममा सेवाग्राहीलाई काम छिटो छरितो गरिदिन्छु भनेर बार्गेनिङ गर्ने, कार्यालय परिसर भित्र फाइल च्यापेर भित्र बाहिर गर्ने, प्रचलित कानून विपरीत अत्यधिक सेवा शुल्क लिने तथा सेवाग्राहीलाई अनावश्यक हैरानी दिँदै गरेको अवस्थामा भेटिएका बिचौलीयाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका बिचौलीयाहरूलाई प्रहरीको हिरासतमा राखेर उनीहरू विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट सात दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

 

Leave a Reply

ताजा समाचार