अनलाइन मार्फत हनिट्रयाप धन्धा चलाउने २३ जना प्रहरीको फन्दामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

अनलाइन मार्फत हनिट्रयाप धन्धा चलाउने २३ जना प्रहरीको फन्दामा

काठमाडौं । अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले २३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले उनीहरुलाई जनकपुरधामको पिडारी चोकस्थित बर्गर हाउसको छेउबाट सोमबार साँझ पक्राउ गरेको हो । उनीहरुले पिडारी चोकमै एउटा फ्ल्याट भाडामा लिएर अनलाइन ठगीको कारोबार गर्दै आईरहेको सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो ।

उनीहरुले विभिन्न एपमार्फत हनिट्रयाप जस्तो धन्धा गर्दै आएको प्रहरी नायव उपरीक्षक गौतमले बताउनु भयो । पक्राउ पर्नेमा १४ जना पुरुष र ९ जना महिला छन् ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको र विस्तृत आउन बाँकी रहेको गौतमले बताउनु भयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);