रामेछाप, १९ पुष । नेपाली टोपी, नेपालीको शान, मान र पहिचान’ भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा नेपाली टोपी दिवस मनाउने गरिको छ।
देशभर जस्तै रामेछाप मा पनि ५औ नेपाली टोपी दिवस मनाइएको छ । मुलुक पहिचान बिहिन हुने हो कि भन्ने अवस्थामा सरकार लाई दबाब दिन र दौरा सुरुवाल ढाका टोपीलाई राष्ट्रिय पहिचानको रूप म स्थापित गर्न माग गर्दै यो अभियान सुरु गरिएको हो ।
अन्य देश म बसोबस गर्दै आएका नेपाली को सिर मा सधै नेपाली टोपी हुने गरेको र त्यही टोपीकै आधारमा बिदेशी नागरिकलाई नेपाली भएकोमा पहिचान दिने ढाका टोपी लोप हुँदै गएकोले यस्को समरक्षण गर्नुपर्ने अधिकांशको भनाइ रहेको छ।
”नेपालीको पहिचानलाई गुमायौ भने राष्ट्र र राष्ट्रियतालाई हामी कम्जोर भएको महसुस हुन्छ त्यसैले युवाहरुले समयमै एउटा सन्स्कारको बिकास गर्दै गए भने देश लाई आगाडी बद्द्ने प्रेरणा मिल्ने कुरा प्रेम बहादुर खड्का, प्रमुख जिल्ला सम्न्वय समिति, रामेछापले बताए ।”
यस समबन्धी भिडियो हेर्न तल क्लिक गर्नु होला :