उपनिर्वाचनका लागि आज मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

उपनिर्वाचनका लागि आज मनोनयन दर्ता

काठमाडौं, २० चैत्र । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । विभिन्न कारणले रिक्त रहेको प्रतिनिधिसभा सदस्यका लागि तनहुँ, बारा र चितवनमा उपनिर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यक्रम अनुसार आज उम्मेदवारी दर्ताको समय बिहान १० देखि साँझ ५ बजेसम्म तोकिएको छ । त्यस्तै, चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ भने । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने आयोगले जनाएको छ । २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);