अलकत्र उद्योगले गाँउका पशुचौपाया मरे,श्वास प्रश्वासमा प्रत्यक्ष असर पर्दै | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८१, आइतबार

अलकत्र उद्योगले गाँउका पशुचौपाया मरे,श्वास प्रश्वासमा प्रत्यक्ष असर पर्दै

काठमाडौं, १९ चैत्र । मोरङको उर्लाबारी ३ चन्दनेमा सञ्चालमा आएको मिक्लाजुङ ईन्भेष्मेण्ट कम्पनी प्रा.लि.ले समुदायलाई असर पर्नेगरी अलकत्रा पगाल्न थालेपछि बिरोध शुरु भएको छ । समुदायबाट करिव ३ किलोमिटर टाढा रहनुपर्ने प्रावधान रहेपनि उद्योगले उक्त नियम पालना नहुँदा पशुचौपायाको मृत्यु भएको हो ।

उद्योग सञ्चालनका कारण समुदाय, खोला र विद्यालय नजिकै अलकत्र पगाल्ने मेसिनले स्थानीयको स्वास्थमा पनि गम्भीर असर देखापरेको स्थानीयहरु बताउँछन् । मापदण्ड विपरित समुदायको बीचमा अलकत्र पगाल्न थालेपछि स्थानियहरु आक्रोसित भएका छन् । गाँउघरमा भएका पशुचौपाय मर्ने र बाललबालीकाको स्वास्थमा असर पर्न थालेपछि स्थानीयले उद्योगमा तोडफोडसमेत गरेका छन् । मानव स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योग तोडफोडको आरोपमा ईलाका प्रहरी कार्यलय उर्लावारीले स्थानिय ४ जना युवालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका अर्जुन श्रेष्ठ र गोपाल देउजालाई प्रहरीले छोडेपनि मनोज लिम्बू र सन्तोष लिम्बू भने ईलाका प्रहरी कार्यलय उर्लावारीको नियन्त्रणमा छन् ।

यता उद्योग रेखदेख गर्दै आएका ईन्चार्ज जग्गनाथ रेग्मीले भने स्थानीयको स्वास्थ्यमा असर नपर्ने गरी उद्योग सञ्चालन गरेपनि स्थानीय युवा आएर तोडफोड गरेको बताउनु भयो । मापदण्ड विपरित सञ्चालनमा आएका र मानव स्वास्थमा असर पर्ने कुनैपनि उद्योग सञ्चालनमा रोक लागउने उर्लावारी नगरपालीका वडा नं. ३ का वडाध्यक्ष भिष्म बुढाथोकीले बताउनु भयो । शुरुमा च्याउ उद्योग खोल्ने भनेपनि पछि अक्सप्लान्ट प्रविधिको उद्योग सञ्चालनमा ल्याएको स्थानीयहरुको भनाइ छ । पटकपटक बिरोध गर्दै उद्योग सञ्चालनमा रोक लगाए पनि निर्माण पक्षले बेवास्ता गर्दै आएको छ । स्थानिय, जनप्रतिनिधी र निमार्ण पक्षबीच समुदायलाई असर गर्नेगरी उद्योग सञ्चालन नगर्ने सहमति भएपनि सहमति कार्यान्वयन हुन सकेको छैन ।

कानूनअनुसार मानिसको स्वास्थ्यमा प्रत्यक्ष असरपर्ने यस्ता उद्योग समुदायबाट ३ किलोमिटर टाढै रहनुपर्ने प्रावधान छ । उद्योगले भने सो नियमको पालना नगरेको पाइएको छ । उद्योगबाट निस्कने धुँवाले गाँउमा रहेका मानिस मात्रै होइन जनवारमा पनि प्रत्यक्ष असर पर्न थालेको स्थानीयले गुनासो गरेका छन् । स्थानीय कृषकले फर्ममा पालेका कुखुरा खसी मर्ने र स्कुले बालबालीकाको आँखा सुनीने खोकी लाग्ने जस्ता समस्या देखापरेको विद्यार्थीहरु बताउँछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);