को–पाइलटलाई पेट दुखेपछि उडान रद्द, दुबई जाने संयौ यात्रु अलपत्र | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

को–पाइलटलाई पेट दुखेपछि उडान रद्द, दुबई जाने संयौ यात्रु अलपत्र

aeroplane

काठमाडौं, १९ चैत्र । विमानको को–पाइलटको स्वास्थ्यमा समस्या आएपछि दुवई उड्न लागेको नेपाल वायुसेवा निगमको उडान रद्द भएको छ । को–पाइलटलाई पेट दुखेर पखाला लागेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा ५ सय ४३ यात्रु अलपत्र परेका हुन् ।

निगमले अर्को को–पाइलटको व्यवस्था गर्न नसक्दा दुबईको लागि तय भएको उडान रद्द गर्न बाध्य भएको यात्रुहरुको भनाइ छ । उडान नम्बर–आरए २२९ बाट उड्न बोर्डिङ पास लिइसकेका २ सय ६६ यात्रुहरुलाई काठमाडौंका विभिन्न होटलहरुमा राखिएको स्रोतले जनाएको छ । यात्रुहरुले विमानस्थल व्यवस्थापनविरुद्ध नाराबाजी समेत गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);