काठमाडौं, १९ चैत्र । सभामुखको अधिकार कटौती गर्ने गरी प्रतिनिधिसभा नियमावली मस्यौदामाथि दर्ता गरिएका संशोधन फिर्ता लिने र कार्यव्यवस्था समिति बैठक निरन्तर राख्नेमा समझदारी जुटेको छ । सभामुख र प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच उक्त समझदारी भएको हो ।
सभामुख देवराज घिमिरे र प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, प्रतिनिधि तथा संसद सचिवालयका अधिकारीबीच शनिबार छलफल हुँदा उक्त सहमति जुटेको हो । सभामुखको अधिकार कटौती गर्न सत्तारुढ दलका सांसदहरुल प्रतिनिधि सभा नियमावली मस्यौदामाथि संशोधन हालेका थिए । जसमा नेपाली कांग्रेस, माओवादी केन्द्र, रास्वपा,जसपा,एकीकृत समाजवादीलगायतका सत्ताघटक दलका सांसदले उक्त संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
प्रतिनिधि सभा नियमावली मस्यौदा समितिबाट प्रतिवेदन फागुन ४ गते पारित भएको थियो । सो प्रतिवेदन फागुन १० गते प्रतिनिधिसभा बैठकमा पेस गरेका थिए ।