सानेपामा नेविसंघको असन्तुष्ट पक्षको रिले अनशन जारी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

सानेपामा नेविसंघको असन्तुष्ट पक्षको रिले अनशन जारी

काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले शनिबारदेखि रिले अनसन सुरु गरेको छ । केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै विद्यार्थीहरुले पार्टी कार्यालय सानेपामा रिले अनशन सुरु गरेका छन् ।

म्याद सकिसकेको असक्षम सभापतिलाई खारेज गरि नयाँ पदाधिकारीसहितको विधान सम्मत कमिटी ल्याउनुपर्ने भन्दै नेविसंघ वृहत संघर्ष समितिले शनिबारबाट रिले अनशन सुरु गरेका हुन् । अध्यक्ष शेर्पाले स्ववियु निर्वाचनको बेला जथाभावी जिम्मेवारी तोकेको भन्दै ती निर्णयहरु खारेज गर्नुपर्ने माग असन्तुष्ट पक्षले राख्दै आएको छ ।

उनीहरुले असंवैधानिक सभापतिले गरेको सम्पूर्ण चिठि खारेज हुनुपर्ने, १२ आं महाविधेशनको सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । पार्टी कार्यालय सानेपामा अनशन बस्दै नेविसंघका कार्यकर्ता अंशुल केसीले म्याद सकिसकेको अध्यक्षले संगठन विरोधी काम गरेको र पार्टी दिएको म्यान्डेड अनुसार स्ववियु अधिवेशनको महाधिवेशनको तयारी गर्न नसकेको आरोप लगाउनुभयो । उहाले बिधिबिधानमा टेकेर नयाँ कमिटी गठन गर्नुपर्ने माग रहेको बताउनुभयो ।

यसअघि कांग्रेसका सभापति शेरबहादुर देउवाले एक बर्षअघि दुजाङ शेर्पालाई नेविसंघको अध्यक्षमा नियुक्त गर्नुभएको थियो भने स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनको परिणाम प्राप्त भएको मितिले तीन महिनाभित्र केन्द्रीय अधिवेशन सम्पन्न गरिसक्नुपर्ने जिम्मेवारी तोकिएको थियो । तोकिएको समयअवधि भित्रपनि शेर्पाले आफ्नो जिम्मेवारी पूरा नगरेकाले पुरानो कार्यसमिति खारेज गर्दै नयाँ कार्यसमिति गठन गर्नुपर्ने माग असन्तुष्ट पक्षको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);