रामपुर क्याम्पसको सभापतिका उम्मेदवार भन्छन्,प्रहरीले कुट्दा समेत प्रशासनले रोकेन | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८२, बुधवार

रामपुर क्याम्पसको सभापतिका उम्मेदवार भन्छन्,प्रहरीले कुट्दा समेत प्रशासनले रोकेन

काठमाडौं,१९ चैत । नेपाली कांग्रेसले रामपुर कृषि क्याम्पसमा भएको स्ववियु चुनाव रद्द गर्न माग गरेको छ ।

एक विज्ञप्ती जारी गर्दै कांग्रेसले क्याम्पस प्रमुख र निर्वाचन समिति संयोजकले नेविसंघलगायत अन्य विद्यार्थी संगठनसँग समन्वय नगरी गत चैत १७ गते निर्वाचन गराएको भन्दै सो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तीमा भनिएको छ,‘स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराउनु क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको प्रमुख जिम्मेवारी हो । नेपाल विद्यार्थी संघको उपस्थितिबिना क्याम्पस प्रशासन र निर्वाचन अधिकृतको मिलोमतोमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त गठबन्धनले बुथ कब्जा गर्दै एकलौटी मतदान गरी निर्वाचनको नतिजा घोषणा गरिनु अत्यन्त खेदजनक छ,’

सो कार्यको विरोध गर्दा स्ववियु सभापतिका नेविसंघका उम्मेदवार आशिष देवकोटा र निवर्तमान इकाइ अध्यक्ष सुरज यादव गम्भीर घाइते भएका छन् । उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ, । साथै उक्त यो घटनाको छानबिन गर्नसमेत कांग्रेसको माग छ ।

घटनाको यथार्थ छानविन गरी अवैधानिक रुपमा गरिएको निर्वाचन रद्द गर्न सम्बद्ध सबै पक्षसँग कांग्रेसले जोडदार माग गर्दछ । सभापतिका उम्मेदवार देवकोटाले अवैधानिक कार्यको विरोध गर्दा आफूमाथि कुटपिट र प्रहरीले हटकडीसमेत लगाएको बताए । उनले आफूलाई प्रहरीले कुट्दा समेत क्याम्पस प्रशासनले रोकेन र सबै टुलुटुलु हेरेर बसेको प्रतिक्रिया दिएका छन् ।

 

Leave a Reply

ताजा समाचार