बुटवलमा प्रदेशस्तरीय मेयरकप खुल्ला तेक्वान्दो हुने | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८१, शनिबार

बुटवलमा प्रदेशस्तरीय मेयरकप खुल्ला तेक्वान्दो हुने

सत्यनारायण मानन्धर
बुटवल । बुटवल तेक्वान्दो ब्लाक बेल्ट कमिटीको आयोजनामा दोस्रो प्रदेशस्तरीय मेयर कप खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । चैत २४ र २५ गते बुटवलमा आयोजना हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट खेलाडीहरुको सहभागिता रहने छ ।

लुम्बिनी प्रदेशभित्र छरिएर रहेका युवा तेक्वान्दो खेलाडीहरुको प्रतिभाको पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बुटवललाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजन ागर्न लागिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा क्योरुगी विधातर्फ १४ स्वर्ण, १४ रजत र २८ काश्य, पुम्से विधातर्फ, १६ स्वर्ण, १६ रजत र १६ कास्य गरी कुल १०४ पदकको लागि प्रतिष्पर्धा हुने प्रतियोगिताका संयोजक मदन थापा मगरले जानकारी दिनुभयो । प्रतियोगितामा लुम्बिनी प्रदेशभरीका करिव ४०० खेलाडीले प्रतिष्पर्धा गर्ने छन् ।

यसअघि बुटवल तेक्वान्दो कमिटीले २०७८ मा प्रथम जिल्लास्तरीय तथा दोस्रो मेयरकप खुल्ला तेक्वान्दो प्रतियोगिता २९७८ गरेको थियो भने त्यसअघि राष्ट्रिय मेयरकप प्रतियोगिता पनि सम्पन्न गरेको थियो । यसपटकको प्रतियोगिता सम्पन्न गर्न करिव ७ लाख ४२ हजार ७५० रुपियाँ बजेट अनुमान गरिएको संस्थाका अध्यक्ष नविनकुमार रानाले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट २ खेलाडीहरुलाई विशेष पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै हालै सम्पन्न नवौं राष्ट्रिय खेलकूदमा २ कास्य पदक बिजेता तेक्वान्दो खेलाडीहरुलाई नगद तथा सम्मानपत्रले सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);