पारिवारिक कलहले श्रीमानद्धारा आत्महत्या, श्रीमतीले पनि गरिन प्रयास | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

पारिवारिक कलहले श्रीमानद्धारा आत्महत्या, श्रीमतीले पनि गरिन प्रयास

murder

एजेन्सी, १७ चैत्र । पारिवारिक कलहका कारण एक युवकले घरमा झुण्डिएर आत्महत्या गरेका छन् । यो देखेर श्रीमतीले पनि छेउको कोठामा झुण्डिएर आत्महत्या गर्ने प्रयास भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ढोका तोडेर दुवैलाई बाहिर निकालियो । अस्पताल पुर्याएपछि डाक्टरले युवकलाई मृत घोषणा गरी श्रीमतीलाई एसआरएन प्रयागराज रेफर गरेका थिए । पूरै शुक्ला गाउँका प्रेमचन्द्र गुप्ताका २५ वर्षीय छोरा अभिषेक गुप्ता उर्फ अनूप मुम्बईमा व्यापार गर्दै आएका थिए । उनी केही महिनाअघि घर आएका थिए । दुई दिनदेखि पारिवारिक असमझदारीले चिन्तित थिए । बिहीबार साँझ करिब ७ः३० बजे उनले घरभित्र डोरीले झुण्डिएर आत्महत्या गरेका हुन् । यो देखेर आफन्तले कोलाहल मच्चाए । ढोका तोड्ने प्रयास गरिएको थियो । यो देखेर २३ वर्षीया श्रीमती निलम गुप्ताले पनि छेउको कोठामा ढोका लगाएर झुण्डिएर आत्महत्या गरिन् ।

छिमेकीको सहयोगमा आफन्तले ढोका खोलेर दुवैलाई बाहिर निकालेका थिए । उनलाई प्रतापबहादुर अस्पताल पु¥याइएकोमा चिकित्सकले अभिषेकलाई मृत घोषणा गरेका थिए । श्रीमतीको अवस्था गम्भीर बन्दै गएपछि एसआरएन प्रयागराज रेफर गरियो । अनुपको दुई वर्षअघि विवाह भएको थियो, उनको एक वर्षकी छोरी पनि छन् । चौकी इन्चार्ज सिटी सूर्यप्रताप सिंहले प्रारम्भिक हेर्दा पारिवारिक कलह भएको देखिएकाले अनुसन्धान भइरहेको बताए ।

 

Leave a Reply

ताजा समाचार