काठमाडौं, १६ चैत्र । बुधबारदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु भएको छ । रथजात्राका लागि काठमाडौं महानगरपालिकाले रुट निर्धारण गरेको छ । महानगरको अनुसार आज रथजात्रा हुने सडकहरुमा सबै प्रकारका सवारी साधनलाई प्रवेश निषेध गरिएको हो ।
हिजो रथलाई तीनधारा पाठशाला–घण्टाघर–रत्नपार्क–भोटाहिटी–असन पुर्याइएको थियो । आज (चैत १६ गते) असन–केलटोट–इन्द्रचोक–मखन–हनुमानढोका रथ लगिदै छ । सो रुटमा आज सवारी आवागमनमा रोक लगाइएको छ ।
भोलि चैत १७ गते सो रथलाई हनुमानढोका दरबार परिसर–मरु टोल– चिकँमुगल– जैसीदेवल ज्याबहाल–लगन चोक पु¥याइन्छ । चैत्र १८ गते मच्छिन्द्रनाथको रथ लगन चोक र चैत्र १९ गते लगनचोक–दलाछि–ह्युमत (जैसीदेवल–कोहिटी–भीमसेनस्थान–मरु टोल–प्याफल–याट्खा–नरदेवी–किलागल–भेडासिंह–केलटोल) पुर्याइने छ ।
सेतो मच्छिन्द्रनाथलाई करुणाको खानी रुपमा पनि लिइन्छ । मल्लकालीन राजा यक्ष मल्लको पालाबाट यो जात्रा सुरु भएको थियो ।