काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली यति बेला मिसन ग्रासरुटको देशव्यापी अभियानमा छन् ।
सत्ताबाट बाहिरिएपछि एमालले भुई तहका जनतासम्म पुग्ने भन्दै मिसन ग्रसरुट अभियान सुरु गरेको थियो । यहि अभियानका क्रममा ओली बुधबार पाल्पा पनि पुगेका थिए । प्राय सबैजसो कार्यक्रममा पत्नी राधिका शाक्यको साथमा पुग्ने गरेका ओली यस अभियानमा पनि पत्नी सँगै छन् । साथै, देश सुन्दर ठाउँमा पुग्दा उनले पत्नीसँग खिचेका तस्विरहरु यतिबेला चर्चामा छन् ।
उनले आज सामाजिक सञ्जाल मार्फत श्रीमतीसँगको तस्विरमा सार्वजनिक गर्दै लेखेका छन्,‘आहा रानीमहल, पार्टीको मिसन ग्रासरुट अभियानमा पाल्पा आउँदा रानीमहल घुम्ने अवसर मिल्यो । पाल्पाका पार्टी नेता, कार्यकर्ता र सम्पूर्ण पाल्पालीहरुलाई न्यानो स्वागतका लागि धन्यवाद’