कहिले टुङ्गिएला मन्त्रालय बाँडफाँड ? | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

कहिले टुङ्गिएला मन्त्रालय बाँडफाँड ?

काठमाडौं । मन्त्रालय बाँडफाँटका विषयमा छलफल गर्न बसेको १० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।

मंगलवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धनको बैठक टुंगोमा पुग्न सकेन । मन्त्रालयको संख्यामा दलहरुले आ–आफ्नो दाबी नछोडेपछि दलहरुबीच सहमति जुट्न सकेन ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठक सकारात्मक रहेको र बुधवार पुनः बसेर निस्कर्ष निकाल्ने बताउनु भयो । उहाँले आजको बैठकमा सरकारको न्युनतम साझा कार्यक्रमको मस्यौदा छलफलका लागि पेस भएको जानकारी दिनुभयो ।

बैठकमा नेपाली कांग्रेसले ९ वटा मन्त्रालयमा दाबी पेश गरेको थियो । यस्तै जसपा र नेकपा एकीकृत समाजवादीले ३–३ वटा मन्त्रालयमा आफ्नो दाबी पेश गरेको छन् । लोसपाले २ वटा मन्त्रालय मागेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);