काठमाडौं,१४ चैत्र । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधिन काठमाडौं भ्यू टावर नयाँ वर्षदेखि सञ्चालनमा आउने भएको छ ।
सवारी पार्किङको समस्यालाई समाधान गर्नका लागि निर्माण गरिएको सो टावर निर्माण कार्य जारी रहेपनि नयाँ सालबाट सञ्चालनमा ल्याउने तयारी गरेको काठमाडौं महानगरले जनाएको छ ।
महानगरको अनुसार टावरको काम १२ तल्लासम्म सम्पन्न भएको छ । भौतिक संरचनाको काम सकिएर रंगरोगन गर्न बाँकी रहेपनि तल्लो तीन तल्लामा पार्किङ गर्न मिल्ने भएकाले खुल्ला गर्न लागेको हो ।
पार्किङको लागि बनाइएको टावरमा दुई तल्ला अण्डरग्राउण्ड रहेको छ । महानगरको अनुसार टावरलाई अझै १२ तल्ला थप गरी २४ तल्लाको बनाउनका लागि पुनः अध्ययन भइरहेको छ ।