अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नेविसंघ कार्यकर्ता रिले अनसन बस्दै | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नेविसंघ कार्यकर्ता रिले अनसन बस्दै

काठमाडौं, १२ चैत्र । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाको राजीनामा माग गर्दै नेविंघका कार्यकर्ता रिले अनसनमा बस्ने भएका छन् । शेर्पाको कार्यशैलीको विरोध गर्दै असन्तृष्ट कार्यकर्ताहरुले पार्टी कार्यालय सानेपामा अनसन बस्ने तयारी गरेका हुन् ।

कार्यकर्ताहरुले काठमाडौं जिल्ला पार्टी कार्यालय र नेविसंघको केन्द्रीय कार्यालयमा तालाबन्दी समेत गरेका छन् । आजदेखि पार्टी कार्यालयमा रिले अनसन बस्ने र माग सम्बोधन नभए आमरण अनसन बस्ने विद्यार्थीको योजना छ ।

शेर्पाले एकैदिन त्रिभुवन विश्वविद्यालय समन्वय समितिको अध्यक्ष पदमा तीन जनालाई मनोनित गरेको पत्र सार्वजनिक भएको थियो । २०७८ फागुन ३ गते दुजाङ शेर्पालाई नेविसंघ र विद्धान गुरुङलाई नेपाल तरुण दलको अध्यक्षमा नियुक्त गरेका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);