‘काम चलाउ सरकारले कुनै पनि निर्णय गर्नु न्याय संगत हुँदैन, राजीनामा दिनुहोस्’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

‘काम चलाउ सरकारले कुनै पनि निर्णय गर्नु न्याय संगत हुँदैन, राजीनामा दिनुहोस्’

काठमाडौं,१२ चैत्र । नेपाली कांग्रेसले अल्पमतमा परेको नेकपा (एमाले)लाई गण्डकी प्रदेस सरकारबाट राजीना दिएर मार्ग प्रशस्त गर्न सुझाव दिएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले एमालेको नेतृत्वमा रहेको गण्डकी सरकार अल्पमतमा परेको भन्दै राजिनामा दिन आग्रह गरेको हो ।

नेकपा माओवादीले सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारले बहुमत गुमाएको हो । सत्ता साझेदार कुनै पनि दल सरकारबाट बाहिर निस्केपछि दोस्रोपटक विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

कांग्रेस गण्डकीका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको यो अवस्थामा सरकारबाट राजिनामा दिई जतिसक्दो छिटो मार्गप्रशस्त गर्दा प्रदेशको हित हुने बताए ।
पत्रकारसम्मेलनमा बोल्दै पाण्डेले कामचलाउ सरकारले दूरगामी असर पर्ने निर्णय नगर्न पनि आग्रह गरे ।

एमाले सरकारले अनावश्यक दायित्व सिर्जना गरे उक्त दायित्व नयाँ सरकारले नलिने पनि चेतावनी दिए । काम चलाउ सरकारले कर्मचारी सरुवा–बढुवा, नियुक्तिलगायतको काम गर्नु न्याय संगत नहुने उनको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);