भारतबाट फर्किने नेपालीमा पुनः देखिन थाल्यो कोभिड सङ्क्रमण | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

भारतबाट फर्किने नेपालीमा पुनः देखिन थाल्यो कोभिड सङ्क्रमण

काठमाडौं । बाँकेको जमुनाह नाका भएर भारतबाट फर्किने नेपालीमा फेरि कोभिड सङ्क्रमण देखिन थालेको छ ।

यसअघि लामो समयसम्म फाट्टफुट्ट मात्रै कोभिड सङ्क्रमण देखिएकोमा केही दिनयता सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको नेपालगञ्ज उप–महानगरपालिका जनस्वास्थ्य निरीक्षक तेज वलीले जानकारी दिनुभयो । जमुनाह नाकामा भारतबाट फर्किनेहरूको नियमित स्वास्थ्य जाँच भइरहेको भन्दै उहाँले पछिल्ला समय एकैदिनमा सात जना सम्ममा कोभिडको सङ्क्रमण देखिएको बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाका अनुसार चैत १ देखि ११ गतेसम्म १७ जनामा सङ्क्रमण देखिएको छ ।

शुक्रबार १ सय ६१ जनाको कोभिड एन्टिजिन परीक्षण गर्दा तीन महिलासहित सात जनामा सङ्क्रमण देखिएको हो । पछिल्लो पटक सङ्क्रमण देखिएकाहरू दैलेखबाट भारतको राजधानी नयाँ दिल्ली भ्रमणमा गएका विद्यार्थीहरू हुन । कोभिड सङ्क्रमण देखिएकाहरूमा सामान्य रुघाखोकी मात्रै देखिएकारण स्थानीय तहको समन्वयमा घरमै आइसोलेशन बस्ने गरी पठाइएको उप–महानगरपालिकाले जनाएको छ ।

सीमा नाकामा कोभिड परीक्षणमा थप कडाइ गरिएको उपहमानगरपालिका स्वास्थ्य शाखाको भनाइ छ । सङ्क्रमण देखिएपछि जमुनाह नाकामा स्थायी प्रकारको परीक्षण केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य अस्पतालहरूमा समेत सामान्य रुघाखोकीका बिरामी बढेका कारण चिकित्सकहरूले स्वास्थ्य मापदण्ड पालनाका लागि आग्रह गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);