आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

आईजीपी नियुक्त गर्न मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं, १० चैत्र । प्रहरी महानिरिक्षक धिरजप्रताप सिंह शनिबारबाट अवकाशमा जाँदैछन् । आजै उनलाई बिदाई गरिने कार्यक्रम रहेको छ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ । आज बस्ने बैठकमा प्रहरी महानिरीक्षकको नियुक्ति गर्ने जनाइएको छ ।

साझ ४ बजे बोलाइएको बैठकबाट ३०औं आईजीपी चयन हुनेछन् । आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरिक्षकहरु दौडधुप गरिरहेका छन् । महानिरीक्षक (एआईजी)मा बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य महानिरीक्षक पदको दाबेदार भएपनि उनीहरूमध्ये पछिल्लो समय दुई जनाको बीचमा तीव्र प्रतिस्पर्धा देखिएको छ ।

प्रतिस्पर्धामा वसन्त कुँवर र श्यामलाल ज्ञवाली आईजीपी हुने सम्भावना बढी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);