थ्रि नेसन्स कपः नेपालको विजयी सुरुवात | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८१, बिहीबार

थ्रि नेसन्स कपः नेपालको विजयी सुरुवात

काठमाडौं । प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिताको पहिलो खेलमा लाओसमाथि नेपालले २–० गोलको नतिजामा जित निकाल्दै शानदार सुरुआत गरेको छ ।

दशरथ रंगशालामा सन्पन्न खेलमा नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरे । खेलको ३०औं मिनेटमा अनन्त तामाङको गोलमा नेपालले अग्रता लिएको थियो । नविन लामाको कर्नरमा अनन्तले हेडरमार्फत सुन्दर गोल गरेका थिए । पहिलो हाफमा पाहुना टिममाथि निरन्तर दवाव बनाएको नेपालका लागि ५६औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै अग्रता दोब्बर पारेका थिए ।

नवयुगले करिब ३५ यार्डबाट प्रहार गरेको बल सिधै गोलमा परिणत भएको थियो । लाओसका एटी भिङ्खामले २५औं मिनेटमा पेनाल्टि एरिया अगाडीबाट गरेको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । लाओसका कप्तान सोकाफोन भिङ्चिङखामले ३५औं मिनेटमा दाँया तर्फबाट गरेको उत्कृष्ट क्रसमा नेपालका डेब्यूट्यान्ट डिफेन्डर शनिस श्रेष्ठले क्लियर गर्दा लाओस बराबरी गोल फर्काउन चुकेको थियो ।

मनिष डाँगीले ७२औं मिनेटमा दिएको क्रसमा नवयुग श्रेष्ठले मिलाइदिएको बलमा आयुष घलानको फितलो प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो । त्यसपछि पनि खेलको निर्धारित समयसम्म गोल गर्ने थुपै्र अवसर बनाएपनि नेपालले थप गोल गर्न सकेन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);